लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

लुम्बिनी अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 1062 पटक हेरिएको

रुपन्देही, जेठ ४ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गत वैशाख २९ गतेदेखि कालाजारको औषधि अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ ।

फाइल फोटो

अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो ।

प्यूठान जिल्लाको तिराम गाउँपालिका–५ बस्ने २१ वर्षीय गिरीसरा पुनको औषधि अभावमा उपचारमा समस्या भएको अस्पताल प्रवक्ता लक्ष्मीराज रेग्मीले बताए । अस्पतालका अनुसार पुन जेठ १ गतेदेखि अञ्चल अस्पतालको बेड नम्बर १३५ मा रहेकी छन् ।

कालाजारको औषधि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी अञ्चल अस्पतालमा नपठाउँदा बिरामीलाई उपचारमा ढिलाइ भएको हो । उक्त औषधि बजारमा किन्न नपाइने हुनाले महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीलाई रहेको छ ।

अस्पतालका अनुसार गत वैशाख २९ गते पाल्पाका ताराबहादुर पचभैयालाई कालाजारको उपचार गर्दागर्दै औषधि सकिएको हो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework