लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मेलम्चीको गुफा क्षेत्रमा चिया बगान बनाउन नगरपालिकाको चासो

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित,

मेलम्ची, पुस २८ । मेलम्ची नगरपालिकाको उच्च पहाडी क्षेत्र गुफामा चिया खेती गर्न नगरपालिका र राजनीतिक दलले चासो देखाएका छन् ।

नगरपालिकाले अवधारणापत्र प्रस्तुत गर्दै मेलम्ची नगरपालिका–१४ गुफामा चिया बगान सम्बन्धमा सोही क्षेत्रको प्रत्यक्ष अवलोकन गरी स्थानीय राजनीतिक दलबीच छलफल आयोजनासमेत गरिएको छ ।

नगरभित्रका राजनीतिक दलले गुफामा चियाबगानको सम्भावना रहेकाले यसमा स्थानीयवासीकोे साथ भएमा आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए । निकै मनमोहक तथा पर्यटकीय क्षेत्र हुने प्रचुर सम्भावना रहेको उक्त ठाउँमा चिया खेतीका लागि स्थानीयवासी पनि अग्रसर भएका छन् ।

चियाबगानले गाउँको मुहार फेरिने भएकाले चियाबगानका लागि नगरपालिकाले चासो दिनु सकारात्मक भएको र नगरपालिका साथसाथै स्थानीयवासी पनि निर्माण कार्यमा जुटेको स्थानीयवासी बाघवीर तामाङले बताए । चियाबगानले पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने भएकाले स्थानीयवासी सहयोग गर्न तत्पर रहेको र एक दिन जिल्लाको भोटेचौरमा रहेको प्रख्यात एभरेस्ट चिया बगान जस्तै चिनाउन सकिने गुफाका स्थानीयवासीले बताएका छन् ।

नेपाली काँग्रेसका नगर सभापति मधुसूदन सिग्देलले सानो इलामका रुपमा रहेको भोटेचौरमा चियाबगान हेर्न आउने पर्यटकलाई गुफाको बगानमा पनि आकर्षित गर्न सकिने प्रचुर सम्भावना रहेकाले सबैलाई सहयोगका लागि आग्रह गरे ।

त्यस्तै, नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले प्राविधिकले गुफा क्षेत्रमा चिया र अन्य फलफूलको उत्पादन हुनसक्ने बताएको र अब गुफाको विकास र पर्यटनका लागि सरकार र स्थानीयवासी लाग्नुपर्ने जानकारी दिए ।

उनले मेलम्चीको गोल्माथान र गुफाका लागि आगामी आर्थिक वर्षमा रु ६ लाख छुट्याउने बताए । चिया खेतीका लागि अवलोकन गरिएको वन सरकारी भएकाले यसलाई मिलाउन पनि नगरपालिका चाँडै लाग्ने दुलालले बाताए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework