लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

मोबाइल चार्ज गर्दा यी कुरामा ध्यान दिनुस्

आइतबार, १० पुष, २०७३ मा प्रकाशित, 27322 पटक हेरिएको

काठमाडौं, पुस १० । आधुनिक तथा व्यस्त जीवनशैलीमा मोबाइल फोन जीवनकै अभिन्न हिस्सा बनिसकेको छ । त्यसैले मोबाइल फोनसँग जोडिएका हरेक समस्या समाधानमा प्रयोगकर्ताको चासो रहनु स्वाभाविक हो ।

मोबाइलको ब्याट्री नटिक्नु, ढिलो चार्ज हुनुजस्ता समस्या प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । अझ खासगरी इन्ड्रोइड फोन प्रयोगकर्ताका लागि ब्याट्री ढिलो चार्ज हुनु तथा नटिक्नु मुख्य समस्या बनिरहेको हुन्छ ।

छिटो चार्ज गर्नु तथा ब्याट्री लामो समयसम्म टिकाउनका लागि त्यस्तो खास अचुक उपाय त छैन तर केही तरिका अपनाउन सकेमा त्यसले राहत भने अवश्य दिन्छ ।

फ्लाइट मोडमा चार्ज गर्नुस्

मोबाइल फोन चार्ज गर्नुपर्दा फोनलाई फ्लाइट मोडमा राख्नाले तुलनात्मक रुपमा ब्याट्री छिटो चार्ज हुन्छ । फ्लाइट मोडमा कल आउने–जाने सुविधा हुँदैन तर यसले अलार्मलाई भने कुनै बाधा गर्दैन । रातको समयमा चार्ज गर्नु छ भने यसले बिहानीको समयका लागि तपाईले ‘वेक अप अलार्म’ राखेर सुत्न सक्नुहुन्छ । जसले गर्दा अलार्मले काम गर्दछ र तपाईलाई समयमै मोबाइल फोनले ब्यूँझन मद्दत गर्दछ ।

फ्लाइट मोडमा इन्टरनेट ब्राउजिङ र जीपीएसजस्ता फिचरले काम गर्दैनन् ।

स्वीच अफ

मोबाइल ‘अन’ राखेरै चार्ज गर्नु हानिकारक हुने मिथक पनि पाइन्छ तर त्यो सही होइन । यद्यपि मोबाइल अफ गरेर चार्ज गर्दा छिटो चार्ज गर्न मद्दत गर्दछ ।

युएसबी पोर्ट प्रयोग नगर्नुस्

तपाईलाई छिटो मोबाइल चार्ज गर्नुछ भने युएसबी पोर्ट प्रयोग नगरी विद्युतबाट चार्जरको सहायतामा चार्ज गर्नुस् । केही कम्पनीले त अन्य चार्जरको प्रयोग समेत नगर्न सुुझाव दिदैं मोबाइलका साथ उपलब्ध खास चार्जरको मात्र प्रयोग गर्न ग्राहकलाई सुझाएका हुन्छन् । यसले ब्याट्रीको आयुसम्बन्धी सन्तुलन कायम हुने उनीहरुको तर्क छ ।

उचित तापमानको ख्याल गर्नुस्

बढी तापमानले ब्याट्रीको चार्ज गर्ने क्षमतालाई कम गर्दछ । त्यसैले मोबाइललाई उचित तापमान मै राख्नुस्, ताकि बढी तात्न नपाओस् ।

एप्पल कम्पनीले त बढी तापमानका कारण ब्याट्रीको काम गर्ने क्षमताका निकै कमी आउने चेतावनी नै दिएको छ । उसले फोनलाई सूर्यको प्रकाशबाट टाढै राख्न पनि सुझाएको छ । जुन घरमा या फोन कभरले तापमान बढाउन मद्दत गर्दछ, त्यस्तोमा चार्ज गर्ने समयसमेत बढ्ने केही मोबाइल कम्पनीको दाबी छ ।

आधिकारिक चार्जरमात्र प्रयोग गर्नुस्

कार्यालय वा कतै बाहिर हुनुहुन्छ भने जसको पायो उसको चार्जर मागेर मोबाइल चार्ज नगर्नुस् । हमेशा आधिकारिक चार्जर बोकेर हिँड्नुहोस् र आवश्यकता अनुसार चार्ज गर्नुहोस् । अनधिकृत चार्जरले तपाईको ब्याट्रीको आयु घटाउन सक्छ । यहाँसम्म कि, त्यस्ता चार्जरको प्रयोगले तपाईको फोन राम्रोसँग चार्ज नहुने समस्या समेत निम्त्याउन सक्छ । (एजेन्सीहरुको सहयोगमा)

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.