लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

विश्वज्योती मलमा मोबाइल मार्ट

बुधबार, ३० चैत, २०७३ मा प्रकाशित, 2966 पटक हेरिएको

काठमाडौं, चैत ३० । विश्वज्योती मलमा मोबाइल मार्ट सन्चालनमा आएको छ ।

नयाँवर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सन्चालनमा आएको हो ।

एकै छानामुनिबाट दर्जन बढी ब्रान्डका मोबाइल बिक्री–वितरण गर्ने लक्ष्यका साथ मोबाइल मार्ट सन्चालनमा आएको हो ।

यसै अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ ।

बुधबार एक कार्यक्रम गरी मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुआत गरिएको हो ।

आधादर्जन बढी ब्रान्डका मोबाइल कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले मार्टको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने सुविधा ल्याएको आयोजकले जनाएका छन् ।

साथै, महोत्सव अवधिभर निःशुल्क मोबाइल सर्भिसिङका साथै नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको पनि मार्टले जनाएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.