लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

सवा एक करोड सिमकार्ड प्रयोगविहीन अवस्थामा

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 5896 पटक हेरिएको

काठमाडौं, जेठ २ । नेपालका अग्रणी मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको छ ।

नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोग विहीन अर्थात निष्कृय छ । बजारमा वितरण भएका ३ करोड २४ लाख सिमकार्डमध्ये २ करोडमात्रै प्रयोगमा छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी सिमकार्ड प्रयोगविहीन हुनेमा नेपाल टेलिकम छ । टेलिकमको प्रयोगविहीन सिमकार्डको संख्या ६९ लाख रहेको छ । एनसेलको प्रयोगविहीन सिमकार्ड ४१ लाख रहेको देखाउँछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework