लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मलामीबाट फर्कदै गरेको पिकअप दुर्घटना, किरियापुत्रीसहित ११ घाईते

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

मोरङ, मंसिर २१ । मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा बुधबार अपरान्ह मलामी गएर फर्किदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।

बिराटनगर–रंगेली सडकखण्डमा रंगेलीबाट लोहन्द्रा खोलामा मलामी गई फर्कदै गरेको को१च ८८४९ नम्बरको पिकअप भ्यान सडक साईडमा रहेको बिजुलीको खम्बामा ठोक्किएको थियो ।

अपरान्ह साढे ४ बजे भएको उक्त दुर्घटनामा परी क्रियापुत्रीसहित ११ जना घाईते भएका हुन् । घाईते सबैलाई उपचारकालागि नोबेल अस्पताल बिराटनगर पठाईएको प्रहरी चौकी कर्सियाले जनाएको छ ।

पिकअपलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework