लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

‘बाहुबली–२’ हालसम्मकै सर्वाधिक कमाउने बलिउड फिल्म

शुक्रबार, २२ बैशाख, २०७४ मा प्रकाशित, 34781 पटक हेरिएको

मुम्बई, वैशाख २२ । बलिउड चलचित्र ‘बाहुबली–२’ ले पहिलो साता मै विश्वव्यापी रुपमा ७ सय ९३ करोड रुपैयाँ कमाएर नयाँ कीर्तिमान कायम गरेको छ ।

साताको यो कमाइ बलिउडमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । यसअघि अमिर खानको ‘दंगल’ले सातामा ७ सय ४४ करोड कमाएको थियो ।

बाहुबली–२ ले आफ्नै अघिल्लो चलचित्रको रेकर्डलाई समेत पछि पारेको छ । बाहुबली–२ को हिन्दी भर्सनलेमात्र ४ सय ९५ करोड रुपैयाँ कमाइसकेको छ ।

विश्वव्यापी रुपमा ९ हजार स्क्रिनमा प्रदर्शन भइरहेको यो चलचित्र हिन्दीसहित विभिन्न ६ भाषामा निर्माण भएको छ । अब यस चलचित्रलाई चिनियाँ र जापानी भाषामा समेत प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.