लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेपबारे छानविन गर्न मुएल्लरलाई जिम्मा

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 2591 पटक हेरिएको

वासिङटन, जेठ ४ । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत बर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय परिक्षण विभाग (एफबीआइ)का पूर्व प्रमुख रोबर्ट मुएल्लरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ ।

अमेरिकाको न्याय मन्त्रालयले त्यतिबेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उनलाई जिम्मेबारी दिएको अधिकारीहरुले बताएका छन् ।

मुएल्लर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्नेगरी नियुक्त भएका हुन् । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । मुएल्लरलाई स्वतन्त्र भनिएपनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्नेछन् ।

मुएल्लरलाई जिम्मेवारी दिएको विषयमा रिपब्लिकन र डेमोक्रयाट दुवै पक्षका नेताहरुले समर्थन जनाएको उप–न्यायाधिवक्ता रड रोजेन्सटाइनले जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसँगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework