लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नारायणगढ–मुग्लिन सडक अब चार दिन बन्द नहुने

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

चितवन, पुस २९ । नारायणगढ–मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने भएको छ ।

रातिको समयमा ६ घन्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखन्ड शनिबार (आज)देखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

थारु समुदायको माघी पर्व सुरु भएको र माघेसंक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो ।

प्रहरीले शनिबार सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो ।

यसअघि, यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार शनिबारदेखि माघ २ गतेसम्म सडक खुला रहनेछ ।

शनिबारदेखि यहाँ सडकमा करिब ३० प्रतिशत सवारी चाप बढेको उनले जानकारी दिए । जसका कारण शनिबार दिनभर नै यातायात प्रभावित भएको थियो ।

जोखिम कम भएपनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ । गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माणकार्यले कतै–कतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवकाअनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशतमात्रै काम पूरा भएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework