लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मुस्ताङमा राजश्वमा वृद्धि

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

सुन्दरकुमार थकाली (इमेज): मुस्ताङ, जेठ ३ । मुस्ताङमा दिनहुँ सयौंको संख्यामा सवारी–साधन भित्रिन थालेपछि राजश्वमा ३० प्रतिशतले वृद्धि भएको छ ।

कालीगन्डकी करिडोरअन्तर्गत् निर्माणधीन बेनी–जोमसोम सडकको स्तरोन्नति र यातायात ‘सिन्डिकेट’ खारेज भएपछि राजश्व संकलन ह्वात्तै बढेको अस्थायी ट्राफिक कार्यालय जोमसोमले जनाएको छ ।

आर्थिक वर्ष ०७४/०७५ को चालू वर्षको उत्तरार्धमा आइपुग्दा कुल २३ सय २३ सवारी–साधनबाट १४ लाख ९६ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ ।

गत वर्ष १५ सय २६ सवारी–साधनबाट ११ लाख ७८ हजार राजश्व उठेको राजश्व कार्यालयले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework