लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रौतहटको ७० प्रतिशत बस्ती डुबानमा, अग्ला घरहरुको छतमा आश्रय खोज्दै

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 6223 पटक हेरिएको

रौतहट, साउन २८ । रौतहट जिल्लाको विभिन्न स्थानमा आएको बाढीका कारण करिव ७० प्रतिशत बस्ती डुबानमा परेको छ ।

देबाहीस्थित लाल बकैया नदीको तटबन्ध भत्किएर बाढी बस्तीमा पस्दा जिल्लाको करिव करिव ७० प्रतिशत बस्ती डुबानमा परेको हो ।

देबाहीमा ३ सयभन्दा बढि बासिन्दा डुबानबाट पीडित बनेका छन् । बाढीबाट जोगिन स्थानीयहरु अग्ला घरहरुमा आश्रय लिइरहेका छन ।

यस्तै, करुनियामा समेत सोही नदीको तटबन्ध भत्किएर बस्तिमा बाढी पस्दा डुबान भएको छ । गरुडा नगरपालिकाका विभिन्न वडा गरी करीब २ सय घर डुबानमा परेका छन् । डुबानमा परी ६० घर भत्किएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

त्यसैगरी, रौतहटकै गुजरा गाउँपालिकाको हरिहरपुर बस्ती पनि डुबानमा परेको छ । बाढीका कारण गौर चन्द्रनिगाहपुर र पूर्व–पश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework