लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

काठमाडौंमा पाँचतारे होटल निर्माण गर्दा सडक नै भासियो, यातायात अवरुद्ध(भिडियो हेर्नुहोस)

आइतबार, २४ पुष, २०७३ मा प्रकाशित,

काठमाडौं, पुस २४ । काठमाडौंको नक्सालमा निर्माणाधीन एक पाँचतारे होटलको जग भत्किँदा नक्साल भगवती बहालदेखि बालमन्दिरतर्फ जाने सडक अबरुद्ध भएको छ ।

डबल ट्री नामक होटलको निर्माणाधीन भवनले सडक सतहभन्दा निकै तलसम्म खनेको र त्यसैले सडक भासिएको स्थानीयको भनाइ छ ।

उक्त तारे होटल निर्माणका क्रममा आइतबार बिहानै सडक भासिएपछी यातायात सेवा अवरुद्ध बनेको छ । यसबाट आफूहरु त्रासमा रहेको उनीहरुले बताए ।

भवन निर्माणका लागि भूमिगत बाटो खन्ने क्रममा सडक भासिएको हो । स्थानीय बासिन्दाले सम्बन्धित घरधनी र सडक विभागको समन्वयमा तत्काल सडक निर्माण गरी मापदण्ड विपरित भवन निर्माण गरिएको भए कार्वाही गर्न माग गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework