लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पुस्तकालयमा गएर धेरै पुस्तक अध्ययन गर्ने विद्यार्थीलाई सम्मान

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित,

म्याग्दी, पुस २८ । म्याग्दीको सामुदायिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा धेरै पुस्तक अध्ययन गर्ने विद्यार्थीलाई सम्मान गर्ने अभियान सुरु भएको छ ।

कुहुँ गाविस–८ थाईवाङमा वर्षभरि पुस्तक अध्ययन गरेका विद्यार्थीको रेकर्डका अधारमा पुरस्कृत गर्ने प्रचलन सुरुवात गरिएको हो ।

विद्यालयमा प्राथमिक तहका विद्यार्थीले एक वर्षमा सामान्यतः १०० पुस्तकसम्म पढ्ने गरेको पाइएको छ । विद्यार्थीलाई स्टेसनरी सामग्री र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

पुस्तकालयले शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थीको पठनस्तरमा समेत सुधार ल्याउन थालेपछि कमजोर मानिएका विद्यार्थीलाई समेत नियमित पुस्तकालय जाने हौसला मिलेको विद्यालयकी प्रधानाध्यापक देवी पुर्जाले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework