फाइल फोटो
सरकारले लक्की शेर्पा (अस्ट्रेलिया), निरञ्जनकुमार थापा (इजरायल), शर्मिला पराजुली (ओमान), रमेशप्रसाद कोइराला (कतार), अर्जनुजंगबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान), युवनाथ लम्साल (डेनमार्क), चोपलाल भुसाल (बंगलादेश), पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास ( म्यान्मार) विश्वम्भर प्याकुर्याल (श्रीलंका) र महेन्द्रप्रसादसिंह राजपुत (साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
प्रस्तावित राजदूतमध्ये पराजुली र कोइरालाविरुद्ध चार उजुरी परेको छ ।
समितिले सोमबार उजुरीकर्तालाई बोलाएर उजुरीमा उल्लेख भएका विषयवस्तुको वास्तविकताबारे जानकारी लिएको थियो ।
समितिले राजदूतमा सिफारिस भएकामध्ये अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी लक्की शेर्पाको सोमबार संसदीय सुनुवाइ गरेको थियो ।
सुनुवाइकाक्रममा शेर्पाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले आफ्नो नाम राजदूतमा अनुमोदन भएका खन्डमा नेपालबाट अस्ट्रेलिया र त्यहाँबाट नेपालमा उच्चस्तरको भ्रमणका लागि पहल गर्ने विश्वास दिलाएकी थिइन् ।
पछिल्लो समय नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया अध्ययनका लागि पहिलो गन्तव्य मुलुककारुपमा रहेको छ ।
समितिले मंगलबार ६ जनाको संसदीय सुनुवाइ गर्ने कार्यक्रम बनाएको छ । रासस
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।