लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

झापामा भेटियो २ हजार वर्ष पुरानो स्वस्तिक चिह्न, उत्खनन जारी

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 20616 पटक हेरिएको

झापा, जेठ ४ । झापाको पृथ्वीनगर–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल किचकबधमा पुरातत्व विभागले पछिल्लो पटक गरेको उत्खननबाट दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्न भेटिएको छ ।

गत वैशाख १२ गतेदेखि गरिएको उत्खननमा दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्नसहित ६० सेन्टिमिटर चौडाइ भएको ४० मिटर लामो पर्खाल, विशेष प्रयोजनमा प्रयोग हुने ६ मिटर लामो ठाडो इँटाको पर्खाल र एक सुरक्षा पोस्ट पनि फेला परेकोे पुरातत्वविद् आचार्यले जानकारी दिए ।

पछिल्लो पटक गरीएको उत्खनन साताँै हो । उत्खनन गर्नुभन्दा पहिले एक पटक परीक्षणपनि गरिएको थियो । सो ऐतिहासिक क्षेत्रको क्षेत्रफल १० बिगाहा जग्गा रहेको छ भने त्यसको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ ।

यसअघि गरिएको सो उत्खननमा पुराना संरचनाका १७ वटा खाडल बनाएर उत्खनन गर्ने कार्य थालनी गरेको हो । प्रारम्भमा २०५८ सालमा सुर गरिएको उत्खननबाट वाण, प्रशासकीय भवन, डुंगाका थाल, कचौरा, माटोका मूर्ति, माटाका भाँडा वर्तन र तवेला फेला परिसकेको पुरातत्वविद् आचार्यले जानकारी दिए ।

धार्मिकस्थलको रुपमा चिनिएको किचकबध पाण्डवहरुले गुप्तबास बसेको बेलामा विराट राजाका साला किचकलाई मारेको किम्बदन्ती रहेको छ । फेला परेका संरचना २२०० वर्षदेखि २००० वर्ष पुराना भएको र तत्काल उत्खनन गरिएको स्थानदेखि केही पूर्वमा सुंगकुसन कालका भन्दापनि अगाडि ध्वस्त संरचना फेला पर्ने अनुमान गरिएको उत्खननविद् आचार्यले बताए ।

बजेटको अभावमा उत्खनन कार्य ढिलो भइरहेको भन्दै पुरातत्वविद् आचार्यले सरकारले आवश्यक बजेट विनियोजन गरेमा दुई वर्षभित्रमा उत्खननका सबै कार्य पूरा हुने बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework