लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

११ जिल्लाको निर्वाचनसम्बन्धी छलफल असार ८ मा

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 1209 पटक हेरिएको

काठमाडौं, असार ५ । सर्वोच्च अदालतले प्रदेश नम्बर–२ र ५ का ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनैपनि काम–कारबाही नगर्न आदेशको माग गरिएको रिट निवेदनमा यही असार ८ गते कारणसहित छलफलका लागि बोलाउने भएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सोमबार छलफलका लागि सरकारलाई बोलाउने आदेश जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका–संसद, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ अधिवक्ता सुनिलकुमार पटेल र कपिलवस्तु निवासी सुनिलकुमार चौहानले यही असार १ गते ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनैपनि काम–कारबाही नगर्न आदेशको माग गर्दै निवेदन दायर गरेका थिए ।

निवेदनमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले तथ्य, आधार, संवैधानिक व्यवस्था, कानुनी प्रावधान तथा आयोगलाई दिएको निर्देशनविपरीत स्थानीय जनतासँग छलफल र सहकार्य नै नगरी प्रतिवेदन बुझाएको जिकिर गर्दै त्यहाँ जनताको मौलिक हक हनन् हुन गएको उल्लेख छ ।

निवेदनमा प्रदेश नम्बर–२ का सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नम्बर–५ का नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु गरी ११ जिल्लामा निर्वाचनसम्बन्धी कुनैपनि काम–कारबाही अघि नबढाउन माग गरिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework