लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रकारिता जगतको समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्छौं : प्रधानमन्त्री

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 2061 पटक हेरिएको

काठमाडौं, असार ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता जगतको समस्या समाधान गर्न आफ्नो सरकारले सम्पूर्ण ध्यान केन्द्रित गर्ने वचन दिएका छन् ।

श्रमजीवी पत्रकारका समस्या समाधानका लागि यससँग सम्बन्धित ऐन–कानुन लागू गर्न आफ्नो नेतृत्वको सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमन्डलसँग आफ्नै कार्यालय सिंहदरबारमा सोमबार भेट गर्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रसँग अथाह शक्ति रहेकाले मुलुकका समस्या समाधानमा केन्द्रित हुन पनि आग्रह गरे ।

उनले आसन्न निर्वाचनहरुमा नेपालको पत्रकारिता क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा गरेको पनि बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा चुनौती अझै रहेको भन्दै श्रमजीवी पत्रकारहरुका समस्या समाधानका लागि पटक–पटक प्रयास भएपनि अझै समाधान हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

डा. विष्टले मुलुकलाई संवैधानिक ‘लिक’मा हिँडाउन पनि आसन्न निर्वाचनहरु गर्नैपर्ने भएकाले नेपाली पत्रकारिता जगत निर्वाचन सफल बनाउने पक्षमै केन्द्रित रहेको स्पस्ट पारेका थिए ।

मुलुकलाई ध्रुवीकृत हुन नदिने प्रधानमन्त्रीकारुपमा भूमिका खेल्न उनले प्रधानमन्त्री देउवाको ध्यानकर्षण पनि गराए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework