लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

‘हरियाली साउन’को रमझम, के छ साउने सोमबारको महत्व ?(भिडियो)

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 2903 पटक हेरिएको

काठमाडौं, साउन २ । आज साउनको पहिलो सोमबार । यस वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।

यसको अझ बढी धार्मिक महत्व रहेको मानिन्छ । यो महिनालाई भगवान् शिवको महिनाको रुपमा पनि लिने गरिन्छ ।

त्यसमाथि साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ । देशभरका शिव मन्दिरमा आज महिलाको भीड लागेको छ ।

साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङ्गिन थाल्दछन् ।

हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ ।

साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ ।

हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहर ब्रत बसेर भगान शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा ब्रत बस्ने गर्दछ ।

त्यसैले साउन महिना साँस्कृतिक हिसाबले पवित्र महिना हो । यो महिनाभर महिलाहरु शुद्ध साकारहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन् ।

आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको महिलाहरु बताउछ्न ।

साउनमहिना भरी माछा मासु नखाई एक छाक खाना खाने र सोमबार मन्दिर गएर पूजा गरी मनाउने गरेको उनीहरु बताउछन् ।

हरियो पहेंलो र रातोपोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

यद्यपी साउन महिनामा हरियो रातो पहेलो समिश्रण गरी लगाउने चलन स्थापित हुदै आएको छ ।

अघि पछि सुनसान रहने पसलहरु पनि अहिले चुरा पोतेले सजिएका छन् भने बजारमा त्यस्ता सामग्री खरिद गर्नेहरुको भीड बढ्न थालेको छ ।

ब्यापारीहरु पनि साउनमा हरियो, पहेलो रातो चुरापोते तथा बस्त्रको ब्यापार बढ्ने बताउछन् ।

धर्मले जहिले पनि मानिसलाई पवित्र बन्नका लागि प्रेरित गर्दछ ।

साउन महिना प्राकृतिक रुपमै पनि हरियाली महिना हो । यस्ता सकारात्क संस्कृतिहरुलाई जोगाउदै लानु पनि उत्तिकै आवश्यक छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework