लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

जंगबहादुरले भूमिगत जीवन विताएको मन्दिर जीर्ण (भिडियो)

सोमबार, २ साउन, २०७४ मा प्रकाशित,

धनकुटा, साउन २ । धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर जीर्ण बन्दै गएको छ ।

-कविराज घिमिरे/ईमेज

धार्मिक आस्थासँगै नेपालको इतिहास जोडिएको यो मन्दिर सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा जीर्ण बन्दै गएको हो ।

अरुण पूर्व एकीकरणका क्रममा स्थापना गरिएको धनकुटाको लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर जीर्ण बन्दै गएको छ ।

पूर्वी एकीकरणको जिम्मा पाएका जंगबहादुर राणाका जिजुबाजे काजी रामकृष्ण कुँवर र धनसिंह खड्काले तत्कालिन श्री पाँचको आदेशमा नेपाल उपत्यका र बिजयपुर क्षेत्रबाट सिपालु कालीगढ झिकाइ १८४१ सालमा यो मन्दिर निर्माण गरेका हुन् ।

कलात्मक प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरमा त्यस बेलाका गुणस्तरयुक्त इँटा र बिभिन्न प्रकारका कला प्रयोग भएका छन् । मन्दिर निर्माणताका दुई मिटर अग्लो सुनको गजुर मन्दिरमा लगाइएको थियो ।

तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले यो मन्दिरलाई एघार धार्नीको घण्टा चढाएका थिए ।

तर सुरक्षा अभावका कारण पञ्चायतकालमा सुनको गजुर र घण्टासहित बहुमुल्य बस्तु हराइसकेको इतिहासविद् गोपाल भण्डारी बताउँछन् ।

१८९४ सालमा रणजंग पाण्डेको उदय भएपछि थापा खलकसहित जंगबहादुर राणाका पिता बालनरसिँह कुँवरको सर्वस्वहरण भएपछि २० बर्षको उमेर हुँदा जंगबहादुरले भूमिगत जीवन अन्तर्गतको केही समय यहाँ बिताइएको बताइन्छ ।

पछि जंगबहादुर प्रधानमन्त्री भएपछि लेगुवा आई थप पूर्वाधार निर्माण गरेका थिए ।

सो क्रममा १०८ खुड्कीला भएको सिढी, साधुसन्तका लागि पाटीपौवा, ईनार, पोखरी, पोखरीको उत्तरतर्फ भिमसेन मन्दिर, पश्चिममा सरस्वती मन्दिर, दक्षिणमा नागमन्दिर स्थापना गरेका थिए ।

यो बाहेक वाजागाजा राख्ने घर, १०८ साधुका लागि पाक घर र बार्षिक ११०० मुरी उढाउने ब्यवस्था मिलाइदिएको इतिहासविद् भण्डारीले संकलन गरेको दस्तावेजमा उल्लेख छ ।

यहाँका केही संरचना १९९० सालको भूकम्पले समेत भत्काएको थियो ।

त्यसयता पुनर्निर्माण र मर्मतमा चासो नदिईंदा मन्दिर जीर्ण बनेको हो । अहिले यो मन्दिरमा सामान्य पूजाआजा गर्नसमेत समस्या हुने गरेको छ ।

धनकुटाकै पहिचान र इतिहास बोकेको यो मन्दिरको जीर्णोद्वार र व्यवस्थापनमा सरकारी पक्षले बेवास्ता गर्दा बेबारिसे बन्दै गएको स्थानीयको गुनासो छ ।

नागेश्वर महादेव मन्दिरलगायतका सम्पदाको जिर्णोद्वार, विकास र प्रचार-प्रसार गरी पर्यटक भित्राउन सके लेगुवाको मुहार फेरिनेमा दुईमत छैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework