लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

धादिङ बजार क्षेत्रमा सडक भासियो, दर्जनौं घर जोखिममा

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 23538 पटक हेरिएको

धादिङ, साउन २ । अविरल वर्षासँगै आएको बाढीले धादिङको निलकण्ठ नगरपालिका–३ स्थित माथिल्लो बजार क्षेत्रको सडक ठाउँठाउँमा भासिँदा दर्जनौं घर जोखिममा परेका छन् ।

आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानीभित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको स्थानीयले बताएका छन् ।

बजार क्षेत्रका केही भागमा कमेरो माटो भएका कारण अझै बग्न सक्ने सम्भावना रहेको पनि स्थानीयले बताएका छन् ।

ठाउँठाउँमा पहिरो गएपछि धादिङ सदरमुकाम क्षेत्रको खानेपानी आपूर्तिसमेत बन्द भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework