लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘न्यायालयमा प्रविधिको उच्चतम् प्रयोग गरिन्छ’

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 1236 पटक हेरिएको

काठमाडौं, साउन २ । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायिक सुधारका लागि आफनो तर्फबाट सक्दो प्रयास गरिने वचन दिएका छन् ।

सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीशको पदबहाली गर्दै उनले संविधान र कानुनले दिएको अधिकार र दायित्व स्वच्छ र निष्पक्ष ढंगले बहन गर्ने बताए ।

न्यायालयप्रति जनताको निकै गुनासा रहेको स्वीकार्दै प्रधानन्यायाधीश पराजुलीले ढिलो न्याय दिनु अन्याय नै भएकाले न्याय सम्पादन छिटो–छरितो गर्ने व्यवस्था मिलाइने बताए ।

उनले सर्वोच्च अदालतसहित सबै न्यायिक प्रणालीलाई आधुनिकीकरण गरिने र न्यायालयमा प्रविधिको उच्चतम् प्रयोग गरिने बताए ।

न्यायाधीशदेखि न्यायालयका कर्मचारीसमेतको आचारसंहिता र अनुशासन पालनामा विशेष ध्यान दिइने उनले बताए ।

न्यायालय सुधारलगायतको क्षेत्रमा गर्न सकिने विषयमा आफूले ३९ बुँदे अवधारणा सार्वजनिक गरिसकेकाले सोही अवधारणालाई ध्यान दिएर काम गर्ने उनले प्रस्ट गरे ।

यसअघि, सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework