लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

२० दिनदेखि अनसनरत डा. केसीको समर्थनमा र्‍याली

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 1071 पटक हेरिएको

काठमाडौं, साउन २८ । २० दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारलाई दबाब दिँदै आज पनि काठमाडौंमा र्‍याली निकालिएको छ ।

विवेकशील साझा पार्टी, अखिल क्रान्तिकारी केन्द्रीय समिति र सोलीडारिटी फर डा. केसी एलायन्सले काठमाडौंको माइतीघर मण्डलादेखि नयायँबानेश्वरसम्म र्‍याली निकालेका हुन् ।

डा.केसीको माग माग पुरा गर्न दबाब दिने उद्देश्यले र्‍याली निकालिएको हो । चिकित्सा शिक्षा र सेवामा सुधारका मागसहित त्रिवि शिक्षण अस्पताल हाताभित्र डा. केसी २० दिनदेखि आमरण अनसनमा छन्

डा.केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच पटकपटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework