लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पहिरोले पुल बगाएपछि समयमै उपचार नपाउँदा बालकको मृत्यु

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 1862 पटक हेरिएको

जितेन्द्र भण्डारी/ ईमेज: पाँचथर,साउन २८ । सडक भत्किएर समयमै उपचार नपाउँदा पाँचथर फिदिम नगरपालिका वडा नम्बर ७ रानीटारका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रानीटार ७ का नर बहादुर गुरुङका १७ वर्षिय छोरा रानीटार माविमा कक्षा ९ मा अध्ययनरत याम बहादुर गुरुङ रहेका छन् ।

टाइफाइड भएर सिकिस्त विरामी भएका उनलाई शुक्रबार उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानिय विरेन्द्र वाँस्कोटाले जानकारी दिए ।

फिदिम नगरपालिका–१ र ७ को सीमाना भएर बग्ने नाम्दू खोलामा आएको बाढीले पुल बगाएपछि अहिले फिदिम नगरपालिका- १,७,८,११,१२,१३,र १४ का स्थानियबासी प्रभावित छन् ।

पुल बगाएपछि मानिस आवतजावत गर्न समस्या भएको तथा सवारी साधान चल्न छाडेको स्थानीय प्रदिप वाँस्कोटाले बताए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework