लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बर्षा आइतबारसम्म जारी, तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन सुझाव

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 2358 पटक हेरिएको

काठमाडौं, साउन २८ । जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशैभर मनसुन सक्रिया रहेको भन्दै बर्षा हुने क्रम आइतबार (भोलि)सम्मै जारी रहने जनाएको छ ।

अहिले मनसून न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्ये तथा आसपासका भागहरुमा सक्रिय रहेको जनाइएको छ ।

जसका कारण देशैभर मनसूनी गतिबिधि सक्रिय अवस्थामा रहेको र देशका अधिकांश स्थानहरुमा शुक्रबार (हिजो)देखि वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा भने भारी वर्षाको संभावना रहेको भन्दै महाशाखाले आइतबार (भोली) पनि मनसुनी गतिविधि देश भरि नै सक्रिय रहने जनाएको हो । महाशाखाले तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework