लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बाढीमा परी झापा र बारामा ५ जनाको मृत्यु, आश्रममा रहेका बृद्धलाई भेलले बगायो

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 4427 पटक हेरिएको

काठमाडौं(जिल्ला ब्यूरो), साउन २८ । झापामा अविरल वर्षाका कारण शनिबार चारजनाको ज्यान गएको छ ।

बाढीले बगाउँदा ज्यान जानेमा झापा गाउँपालिका–२ का धनमाया गार्साने, शिवसताक्षी नगरपालिका–१ का विजय पाण्डे, कचनाकवल–३ का राम राजवंशी र झापा गाउँपालिका–३ की कमला दर्लामीको ज्यान गएको छ ।

बाढीबाट जिल्लाको दक्षिणी भाग बढी प्रभावित भएको छ । कन्काई, विरिङखोला, निन्दाखोला, मेची नदी र कमल खोलामा आएको बाढीले एक हजार २४९ घर डुवानमा परेका छन् ।

अहिले पनि अविरल वर्षा भइरहेका कारण बाढीको सतह अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

नदी आसपासका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भएपनि खराब मौसमका कारण त्यो हुन नसकेको प्रहरीले जनाएको छ ।

उता, बारामा पनि घर भत्किंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको सिम्रौणगढ नगरपालिका बडा नम्बर ८ कोचर्बाका ४५ बर्षिय गहनी नाम रहेकी महिला रहेकी छन् ।

यस्तै आर्दश कोतबाल गाउँपालिका रामजानकी बृद्धाआश्रममा बस्ने ७० बर्षिय ब्रम्हदेब महतो आश्रममा पसेको पानीको भेलमा बगेर वेपत्ता भएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework