लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कुकुर र बाँदर भगाउन विमानस्थलमा रेक्युरिटी गार्ड, चरा धपाउन सिकारी

आइतबार, २९ साउन, २०७४ मा प्रकाशित, 4071 पटक हेरिएको

काठमाडौं, साउन २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्न सक्ने जंगली जनावरको निगरानीका लागि सेक्यूरिटी गार्ड खटाइएको छ ।

जंगली जनावरलाई विमानस्थल क्षेत्रभित्र प्रवेश रोक्ने र मानवीय गतिविधिमा समेत निगरानी गर्ने उद्देश्यले विमानस्थलमा गरुड रेक्यूरिटीबाट ५ जना सुरक्षा गार्ड खटाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्ययले जानकारी दिए ।

यी सुरक्षा गार्डले शनिबारबाटै काम थालेका छन् । भुस्याहा कुकुर र बाँदर नियन्त्रण तथा व्यवस्थापनमा महानगरपालिका, नेपाली सेना, प्रहरीको समेत सहयोग नपाएपछि विमानस्थलमा आफैंले सेम्यूरिटी गार्ड खटाउने निर्णय गरिेको थियो ।

उपत्यका भित्र भुस्याहा कुकुर ब्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको भए पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा समेत कुकुर सजिलै प्रवेश गर्छन् ।

चरा धपाउन ५ सिकारी

यसअघि विमानस्थलको धावनमार्गसहित भित्री भागमा चरा र बाँदर धपाउन ५ जना सिकारी खटिएका छन् । यी कर्मचारी वन मन्त्रालयबाटै विमानस्थलमा खटिएका हुन् ।

अहिले खटिएका गार्डले भने विमानस्थलको बाहिरी क्षेत्रबाटै भुस्याहा कुकुर र बाँदर प्रवेश रोक्नेछन् । -नयाँ पत्रिका दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework