लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राष्ट्रपतिद्वारा खप्तडको अवलोकन भ्रमण

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

केशवचन्द्र महरा (इमेज): डोटी, असोज २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भू–स्वर्ग’का नामले परिचित सुदूरपश्चिमको प्रमसख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बिहीबार बिहान दिपायलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीसहितको टोली बिहान ९ बजेर ४५ मिनेटमा खप्तड अवतरण गरेको थियो ।

त्यसपछि उनले खप्तड बाबाको मन्दिर र खप्तड त्रिवेणी मन्दिरको दर्शन तथा आसपासका क्षेत्रको अवलोकन गरेकी थिइन् ।

११ बजेर ५५ मिनेटमा राष्ट्रपति भण्डारीको टोली खप्तडबाट फर्किएको खप्तडस्थित नेपाली सेनाले जनाएको छ ।

खप्तडबाट फर्किएर राष्ट्रपति भण्डारीले दिउँसो एक बजेतिर डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध मन्दिर शैलेश्वरीकोसमेत दर्शन गरेकी छन् ।

त्यसपछि दिपायलस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरमा खाना खाएर राष्ट्रपति भण्डारी काठमाडौं फर्किएको डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रपति भण्डारी बुधबार जुम्लाको खलंगामा रहेको चन्दननाथ माध्यमिक विद्यालयको नवनिर्मित विज्ञान प्रयोगशाला भवनको उद्घाटन गरेर बास बस्न दिपायल पुगेकी थिइन् ।

राष्ट्रपतिको भ्रमणबाट प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा धार्मिक महत्व बोकेका खप्तड र शैलेश्वरी मन्दिरको प्रचार–प्रसार र प्रबद्र्धनमा योगदान पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

‘पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यले आवश्यक भूमिका निर्वाह नगरिदिँदा खप्तड ओझेलमा छ’–खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले भने–‘यस्तोमा राष्ट्रप्रमुखको भ्रमणले उत्साह दिएको छ । यसले यसको प्रबद्र्धनात्मक विकासमा मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।’

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework