लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

उम्मेदवारमाथि आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

नरेन्द्र थापा (इमेज): नेपालगन्ज, कात्तिक २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने भन्दै निर्वाचनमा खतरा पुर्‍याउने सम्भावित समूहका गतिविधि नियन्त्रण गर्नसमेत निर्देशन दिए ।

मंगलबार नेपालगन्जमा साविकको मध्यपश्चिमस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन चारओटै सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिए ।

उनले चुनाव भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा विश्वस्त रहन सबैलाई आग्रह पनि गरे ।

निर्वाचन भयरहित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल र आममतदाताको भूमिका पनि उत्तिकै आवश्यक हुने उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework