लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रक्षामन्त्री प्रधानले मतदानपछि भनेः 'सुरक्षा व्यवस्था बलियो बनाइएको छ' 

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ६ का प्रतीनिधी सभा सदस्य उमेदवार एवम रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौको ज्याँठामा रहेको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरेका छन ।

मन्त्री प्रधानले बिहान ७ बजेर ४५ मिनेटमा मतदान गरेका हुन् । उनले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि भएको निर्वाचनमा सहभागी हुन मतदाताहरुलाई आग्रह समेत गरेका छन् ।

प्रधानले मतदाताको सुरक्षाका लागी सरकारले सबै सुरक्षा निकायलाई परिचालन गरेको भन्दै ढुक्क भएर मतदान गर्न समेत आग्रह गरे ।

मन्त्रीप्रधानले अघिल्लो निर्वाचनमा आफु कम मतले बिजयी भएको भए पनि यस निर्वाचन मा ५ हजार भन्दा बढी मतले जित्ने दावी गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework