लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिद्धबाबा क्षेत्रमा ढुंगा खस्दा सडक अवरुद्ध, सयौं यात्री अलपत्र

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

पाल्पा, पुस २९ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखन्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा ढुंगा खस्दा सडक अबरुद्ध भएको छ ।

सडकमाथिबाट ढुंगा खसेर पाल्पा–बुटबल सडक अवरुद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् ।

बुटबलदेखि पाल्पा हुर्दै स्याङ्जा, पोखरा, गुल्मी तथा बागलुङतर्फ जाने सवारीसाधन अहिले बीच बाटोमा रोकिएका छन् ।

अपराह्न ३ बजे तिनाउ गाउँपालिका–३, दोभानको नजिकै तल्लो सिद्धबाबा सडकमा ढुंगा खस्दा यातायातका साधन सन्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार अहिले केही मोटरसाइकलमात्र आवतजावत गरेका छन् । यस क्षेत्रमा बर्षेनि ढुंगा खस्दा यात्रुले अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework