लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

इन्द्र गिरी/ईमेज: संंखुवासभा, पुस ३० । संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनर्निर्माण कार्यालयका प्राविधिक दुई जना र चालकसमेत छन् ।

मकालु गाउपालीका वाड्नं. ३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको उक्त जिप ५ सय मिटर तल अरुण नदीको बगरमा खसेको स्थानियवासीले बताएका छन ।

दुर्घटनामा परेका ६ जना क्षत विक्षत अवस्थामा भेटीएको स्थानियवासीले बताएका छन ।

संखुवासभा जिल्लाको भोटखोला गाविस स्थित गोलामा भोली माघ १ गते भुकम्प सम्वन्धि एक दिने अनुशिक्षण कार्यक्रमकालागी उक्त टोली जादै गर्दा दुर्घटनामा परेको बताईएको छ ।

भुकम्पका प्राविधिक र चालकको नाम खुल्न सकेको छैन । दुर्घटनामा भुकम्पीय आवास पुन निर्माण आयोजना काठमाण्डौबाट आएको जिप दुर्घटनामा परेको बताईएको छ ।

प्रहरी घटना स्थलमा पुगेको र दुर्घटना छानविन सुरु गरेको बताएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework