लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिन्डिकेट खारेजपछि अब सवारीमा बढी भाडा लिनेमाथि कारवाही

आइतबार, ३० बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख ३० । लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारवाही गर्न केन्द्रीत भएको छ ।

काठमाडौं, बैशाख ३० । लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारवाही गर्न केन्द्रीत भएको छ ।

सार्बजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो ।

सार्बजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारवाही गर्ने विभागले जनाएको छ ।

विभागका प्रवक्ता तुलसीराम अर्यालले भने, ‘सर्वसाधारणसँग बढी भाडा लिनेलाई कडा कारबाही गर्छौ ।’

अनुगमनका क्रममा क्रमशः १३, १७ र १८ रुपैंयाँ भाडा कायम गरिएको दुरीमा खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइएको र त्यस्ता सवारीवालाई तुरुन्तै नियन्त्रणमा लिई कारवाही गर्ने गरेको प्रवक्ता अर्यालले बताए ।

विभागले बढी भाडा लिनेमाथि कारबाही गरी १ करोड राजस्व संकलन गरेको छ भने त्यसमध्ये २ लाख ९ हजार असुल उपर गरिसकेको छ । -राजधानी दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework