लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपालको सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

सोमबार, १ जेष्ठ, २०७४ मा प्रकाशित, 10879 पटक हेरिएको

काठमाडौं, जेठ १ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायातमन्त्रीसमक्ष प्रस्ताव गरेका छन् ।

चीन भ्रमणमा रहेका मन्त्री लेखकले सोमबार चीनका यातायातमन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राखेका हुन् ।

भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबीओआर (वन बेल्ट वन रोड)मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुआत भएको बताए ।

मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि गरेको प्रस्तावलाई पनि उनले स्वीकार गरेको स्वकीयसचिव जनक भट्टले राससलाई जानकारी दिए ।

ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

यसैगरी, चीनले यो परियोजनाका लागि अन्तर्राष्ट्रिय विभागका महाप्रबन्धकलाई स्रोतव्यक्ति तोकेको छ ।

दुबै सम्पर्क एवं स्रोतव्यक्तिको समूहले सोमबारैदेखि काम अघि बढाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework