लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित, 1493 पटक हेरिएको

काठमाडौं, चैत ५ । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान आजबाट शुरु हुँदैछ ।

शनिबार, आइतबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा औषधी खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आउँदो १७ देखि १९ गतेसम्म भने झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा औषधि खुवाइने सरकारले जनाएको छ । दुई चरणमा खुवाइने हात्तीपाइले रोगविरुद्धको औषधि ढुक्क भएर खान सरकारले आग्रह गरेको छ । तर दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीलाई भने यो औषधि नखान मन्त्रालयले सुझाएको छ ।

अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान सक्ने बताइएको छ । स्वास्थ्यकर्मी वा घर घरमा औषधि खुवाउन पुगेका स्वास्थ्यकर्मीसँग आफ्नो स्वास्थ्यबारे जानकारी गराएर औषधी खान हुने÷नहुने निर्णय लिन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले टोक्दा लाग्ने गर्दछ । यो शारीरिक अशक्त र अपांग बनाउने सरुवा रोग हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework