लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

निर्वाचनकै मौकामा गृहले माग्यो ४ अर्ब

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित,

काठमाडौं, चैत ८ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रूपैयाँ बजेट माग गरेको छ ।

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साताअघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । ‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ ।’

सुरक्षा निकायसँग भएका सवारी साधन निर्वाचनका लागि अपुग हुने भए पनि अहिलेलाई थप गाडी खरिद गर्न बजेट दिन नसकिने उनले जनाए । –नागरिक दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework