लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै

मंगलबार, २९ चैत, २०७३ मा प्रकाशित, 9547 पटक हेरिएको

बैतडी, चैत २९ । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ ।

कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताए ।

प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पुर्‍याउने सरकारको उद्देश्यअनुसार नेपाल टेलिकमले कन्सल्टेन्सीमार्फत अप्टिकल फाइबर जडान गर्न सर्वे थालेको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सहायक प्राविधिक अधिकृत नारायण भट्टले बताए ।

‘दुई वर्षभित्र सुदूरपश्चिमका पहाडी जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पुर्‍याउने उद्देश्यले काम भइरहेको छ,’ उनले भने ।

अत्तरियादेखि डडेल्धुरासम्म नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमार्फत ओपिजिडब्लु अप्टिकल फाइबर पुर्‍याइनेछ । अप्टिकल फाइबर बिछ्याएपछि दु्रत गतिको इन्टरनेट सेवा र ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने र सेवामा समेत गुणस्तरीयता बढ्ने भट्टले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अहिलेसम्म माइक्रोवेभ प्रणालीमार्फत टेलिकमले आफ्नो सेवा दिइरहेको छ तर त्यसमा ब्यान्डविथ सीमित हुुने भएकाले समस्या आउने गरेको छ । अप्टिकल फाइबर बिछ्याएपछि ब्यान्डविथ असीमित हुने र सेवा प्रभावकारी हुने भट्टको भनाइ छ । (रासस)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.