लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

१६ वटा मन्त्रालयमात्र राख्ने गरी कार्यदलले बुझायो सिफारिससहितको प्रतिवेदन

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 2204 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै बनाउन सिफारिस गरिएको छ ।

संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाएको हो ।

आर्थिक जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन भन्दै कार्यदलले अनावश्यक संख्या घटाउन भनेको हो ।

सिफारिसमा अहिले भएका ३१ मन्त्रालय संख्याबाट १५ घटाउन भनिएको छ । राष्ट्रिय योजना आयोगको काम मन्त्रालयले नै गर्ने गरी अर्थमा जोडिएको छ । त्यसको नाम अर्थ तथा योजना मन्त्रालय राखिएको छ । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework