लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मलेसियास्थित नेपाली दूतावासद्वारा केही नेपालीको उद्धार, मृत्युदण्डको सजाय सुनाइएका तामाङ पनि फर्किए

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 14683 पटक हेरिएको

काठमाडौं, वैशाख ८ । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ ।

सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि जनाइएको छ ।

सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ ।

यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा भोजपुरका जयकुमार खवासलाई गत चैत ३० गते उद्धार गरी स्वदेश फर्काएको उल्लेख गरिएको छ ।

गत चैत १६ मा झापाका पदमबहादुर तामाङ, धनकुटाका धीरेन्द्र याक्खा तथा तनहुँका कमलबहादुर भुजेललाई पनि दूतावासले सहयोग गरी नेपाल फर्काएको विज्ञप्तिमा भनिएको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework