लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

आउँदो बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहलाई

सोमबार, १ जेष्ठ, २०७४ मा प्रकाशित, 4171 पटक हेरिएको

काठमाडौं, जेठ १ । आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ ।

स्थानीय तहबाट कार्यक्रम कार्यान्वयनका लागि धेरै बजेट माग भएकाले अर्थ मन्त्रालयले पनि त्यसै अनुसार बजेट बिनियोजनको तयारी गरेको हो ।

‘यो वर्ष प्रदेश गठन नभएकाले स्थानीय तह र केन्द्रीय स्तरबाट कार्यान्वयन गर्ने आयोजनाका लागि बजेट बिनियोजन हुन्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसमध्ये करिब ४० प्रतिशत हिस्सा स्थानीय तहले ओगट्ने देखिएको छ ।’

राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६ अर्ब रुपैयाँको बजेट सिलिङ अर्थ मन्त्रालयलाई पठाएको छ । अर्थले त्यसैअनुसार सम्पूर्ण मन्त्रालयलाई बजेटको सिलिङ तोकेर कार्यक्रम पठाउन भनेको थियो । त्यसको ४० प्रतिशतले हिसाब गर्दा कम्तीमा ४ खर्ब ६२ अर्ब रुपैयाँ बजेट स्थानीय तहमा पुग्नेछ । –नयाँ पत्रिका दैनिकबाट

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.