लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई भाडा कै घरमा स्वागत गरिने

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 4727 पटक हेरिएको

काठमाडौं, जेठ ४ । समृद्ध राजधानीको सपना बोकेर आउन लागेका मेयर र उपमेयरलाई काठमाडौं महानगरले भाडाको घरमा स्वागत गर्ने भएको छ ।

पुरानो भवन भुइँचालोले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए (जगदम्बा) कम्प्लेक्सको पाँचौं र छैठौं तलामा सञ्चालन हुँदै आएको छ ।

कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली हुने भएको छ । प्रवक्ता ज्ञानेन्द्र कार्की बस्दै आएको कोठामा उपमेयर बस्नेछन् ।

मेयर र उपमेयरका लागि तयारी गरिएका दुवै कोठा छैटौं तलामा छन् तर लिफ्ट कहिले चल्छ, कहिले चल्दैन । सर्वसाधारण जनताले मेयर र उपमेयरलाई भेट्नुपरेमा सकस नै हुनेछ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर तथा उपमेयरका लागि भाडाकै कोठा तयार गरिएको बताए । नयाँ पत्रिका दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework