लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

२ नम्बर प्रदेशमा ९ स्थानीय तह थपिदैं

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २८ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश २ मा ९ वटा स्थानीय तह थप्ने गृहकार्य अघि बढाएको छ । यो संख्या थपिएपछि देशभरका स्थानीय तहको संख्या ७ सय ४४ बाट बढेर ७ सय ५३ हुनेछ ।

मन्त्रालयका सचिव दिनेश थपलियाले नयाँ थपिने स्थानीय तहको कार्यालय, कर्मचारी र स्रोत व्यवस्थापन लगायतका काम थालिएको जानकारी दिए । स्थानीय तहको संख्या बृद्धि गर्नुपर्ने राष्ट्रिय जनता पार्टीको मागबमोजिम सरकारले जेठ ८ मा तराईका १२ जिल्लामा २३ वटा स्थानीय तह थप्ने, साबिकको एउटा गाउँपालिकालाई वीरगंजमा गाभ्ने तथा २४ वटा गाउँ पालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।

दोस्रो चरणको निर्वाचनपूर्व गरिएको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले जेठ १२ मा संख्या नथप्न अन्तरिम आदेश जारी गरेपछि कार्यान्वयन हुन सकेको थिएन ।

प्रदेश २ को ८ जिल्लाका स्थानीय तहमा आसोज २ मा निर्वाचन तोकिएको छ । संख्या हेरफेरपछि निर्वाचन आयोगले शनिबार मन्त्रालयका पदाधिकारीलाई छलफलका लागि डाकेको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेपछि मधेसी दलकै दबाबमा प्रदेश २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ । यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुनःसंरचना प्रतिवेदन कार्यान्वयनमा ल्याएको थियो । अब १० वटा स्थानीय तह थपिनेछन् भने पर्साको एउटा गाउँपालिकालाई वीरगन्ज महानगरपालिकामा गाभिनेछ ।

प्रदेश २ मा हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगरसहित ७७ नगरपालिका हुनेछन् । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework