लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मैना सुनार हत्या प्रकरणमा दोषीलाई जन्मकैदको फैसलाविरुद्ध सर्वोच्चमा रिट

बुधबार, २५ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २५ । मैना सुनार हत्या प्रकरणमा अवकाश प्राप्त तीनजना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैदको फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपाली सेनाका तर्फबाट अख्तियार प्राप्त प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशामा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, महान्यायाधीवक्ताको कार्यालय, काभ्रे जिल्ला अदालत, मैना सुनारकी आमा देवी लगायतलाई विपक्षी बनाई असोज ६ मा रिट दर्ता भएको हो । –नागरिक दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework