लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

वडाध्यक्षलाई कुटपिट गर्ने पक्राउ, सार्वजनिक अपराधको मुद्दा दर्ता

शुक्रबार, ३० चैत, २०७४ मा प्रकाशित,

तेह्रथुम, चैत ३० । तेह्रथुमको फेदाप गाउँपालिका–५, ईसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपिट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले मादक पदार्थ सेवन गरि हातपात गरेका थिए ।

वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई पक्राउ गरी हिरासतमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताए । कार्यालय समयमा हातपात गर्ने युवालाई कानूनी कारबाही गर्नुपर्ने घिसिङको माग छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework