लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

डा. बाबुरामले सोधे– आजैका दिन एमाले–माओवादी केन्द्र विलयको घोषणाको अर्थ के ?

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ३ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आजैका दिन नेकपा एमाले र माओवादी केन्द्र विलयको घोषणाको अर्थ के भनेर प्रश्न गरेका छन् ।

काठमाडौं, जेठ ३ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आजैका दिन नेकपा एमाले र माओवादी केन्द्र विलयको घोषणाको अर्थ के भनेर प्रश्न गरेका छन् ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको २५ औं स्मृति दिवसका अवसरमा दुवै पार्टीबीच एकता घोषणाको तयारी भइरहँदा डा. भट्टराईले ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्विट गर्दै लेखेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन । आजैका दिन एमाले–माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरुद्धमा जनयुद्ध गरेकोमा पश्चाताप पर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् ।’

त्यसअघि उनले बुधबार साँझ यसै विषयमा ट्विट गर्दै भनेका थिए, ‘एमाले–माके एकता अन्ततः सम्पन्न हुन लागेकोमा दुवैलाई बधाई÷शुभकामना । तर केही अनुत्तरित प्रश्न : के बानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुन्छ । माइनस एकको मूल्य धेरै कि माइनस दुईको ? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिस्ट नाममा मोह किन ?’

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework