लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

नेपाली सेनाले मनायो सेना दिवस

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १ । नेपाली सेनाले मंगलबार सेना दिवस मनाएको छ ।

सैनिकमञ्च टुँडिखेलमा मंगलबार अपराह्न आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिकारुपमा सहभागी भइन् ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायतको पनि सहभागिता रहेको थियो ।

यस्तै, भारतीय सेनाका प्रमुख विपीन रावत पनि विशेष अतिथिकोरुपमा समारोहमा सहभागी भए ।

सेना दिवसमा पहिलोपटक नेपाली सेना, भारतीय सेनामा कार्यरत् गोर्खा रेजिमेन्ट र बेलायती सेनाको ब्रिगेड अफ गोर्खा ब्यान्डले संयुक्तरुपमा प्रदर्शनी गरेका थिए ।

नेपाली सेनाद्वारा महाशिवरात्री बढाइँ तथा कवाज मार्चपाससमेत प्रस्तुत् गरिएको थियो । यस्तै, सशस्त्र कला, खुकुरी मार्सल आर्ट र आतिसबाजी पनि प्रस्तुत् गरियो ।

यसैगरी, नेपाली सेनाको कथागाथामा आधारित सांगीतमय नाटक पनि प्रस्तुत् गरिएको थियो ।

यसअघि, प्रधानसेनापति राजेन्द्र क्षत्रीले जगदल गण २ र ३, गोरखकाली गुल्मलाई निशान छाप र दुर्गा बक्स गणलाई ब्यानर प्रदान गरेका थिए ।

नेपाली सेनाको संगठित स्वरूपको निर्माण पृथ्वीनारायण शाहको पालामा विक्रम संवत् १८१९ सालदेखि भएको हो ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework