लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चट्याङ लागी गम्भीर घाइते पाँच सैनिकको उपचार काठमाडौंमा

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

विनोदसिंह विष्ट (इमेज) बैतडी, फागुन २ । बैतडीमा चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

विनोदसिंह विष्ट (इमेज)
बैतडी, फागुन २ । बैतडीमा चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

उपचारका लागि काठमाडौं पठाइएकामा शत्रुमर्दन गुल्म बैतडीमा कार्यरत् हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बुधबार अपराह्न हेलिकोप्टरमार्फत् पठाइएका उनीहरुको काठमाडौंस्थित नेपाली सेनाको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

मंगलबार साँझ ७ बजेर ५० मिनेटमा वर्षासँगै परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत् कठपतेमा तालिम गरिरहेका २२ जना सैनिक घाइते भएका थिए । बाँकी घाइते १७ सैनिकको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

सामुदायिक तालिम २०७४ अन्तर्गत्को पहिलो चरणको अभ्यासका लागि शत्रुमर्दन गुल्मका सैनिक गत पुस १६ गतेदेखि कठपतेमा तालिम गरिरहेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework