लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

सेयर बजार बुधबार पुनः ऋणात्मक

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 1057 पटक हेरिएको

काठमाडौं, पुस २७ । पछिल्ला तीन दिन सकारात्मक रहेको सेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले ऋणात्मक रहेर १४ सय ७६ दशमलव पाँच एक कायम भएर थामियो ।

कारोबार पनि ३६ करोड बराबरमा खुम्चियो । बीमा, जलविद्युत् र विकास बैंक समूह ओरालो लागेसँगै नेप्से ऋणात्मक रहन पुगेको हो ।

बीमा समूहमा सबैभन्दा उच्च ५० अंकले झर्‍यो । जलविद्युत् समूह १२ अंकले झर्‍यो भने विकास बैंक समूहमा ९ अंकको कमी आयो । वित्त, होटल, वाणिज्य बैंक र अन्य समूह भने सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २० कम्पनीको सेयर ३६ करोड ५५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.