लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

नेप्सेमा साढे ३ अंकको गिरावट

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 1952 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । साताको अन्तिम दिन विहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आयो ।

बुधबार ५० अंकले बढेको नेप्से यसदिन साढे तीन अंकले झरेर १६ सय ५८ बिन्दूमा आइपुग्यो । मंगलबार भने नेप्से ४० अंक बराबरले ओर्लिएको थियो ।

कारोबार सुरुआती समयमा नेप्से बढेर १६ सय ८३ बिन्दू पार गरेपनि अन्तिम समयमा झर्दै ऋणात्मक बनेको हो ।

यसदिन बीमा, होटल र अन्य समूहमा वृद्धि आयो भने अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

यसदिन १ सय ४३ कम्पनीको १८ लाख कित्ता सेयर १ अर्ब ३८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.