लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सोमबार पनि सेयर बजार ओरालो लाग्नेक्रम रोकिएन

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 817 पटक हेरिएको

काठमाडौं, असार ५ । सोमबार पनि सेयर बजार ओरालो लाग्नेक्रम थामिएन ।

यसदिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले ओर्लियो । नेप्से २० अंकले ओरालो लागेर १५ सय ५५ मा आएर थामियो ।

कारोबार भएका सबै समूह ओरालो लागे । किमा समूह सबैभन्दा उच्च १ सय ४२ अंकले ओर्लियो । उत्पादनमूलक समूह २३ अंकले झर्‍यो । विकास बैंक, वाणिज्य बैंक, जलविद्युत्, होटल र वित्त समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर ६५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework