लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मंगलबार सेयर बजार सामान्य अंकले ऋणात्मक

मंगलबार, १९ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर १९ । मंगलबार सेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।

बजार परिसूचक नेप्से २ अंकले ऋणात्मक रहेर लागेर १५ सय २५ विन्दुमा आएर थामियो । यसदिन आधाभन्दा बढी समूह ऋणात्मक रहे ।

बिमा समूह सबैभन्दा उच्च २७ अंकले सकारात्मक रह्यो भने होटल समूहमा सबैभन्दा उच्च १७ अंकको कमी आयो । लघुवित्त ६ अंक, उत्पादनमूलक ३ अंक र व्यापार समूह झिनो अंकले सकारात्मक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

जलविद्युत्मा भने १३ अंकको गिरावट आयो । बैंकिङ, अन्य, विकास बैंक र वित्त भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १० लाख ८२ हजार कित्ता सेयर ५७ करोड ७७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework